२० कात्तिक २०८३, शुक्रबार

दार्चुलामा सहकारीको लगानी १० करोड

२०७१ मंसिर ५, शुक्रबार
दार्चुलामा सहकारीको लगानी १० करोड

दार्चुला । जिल्लामा सञ्चालित सहकारी संस्थाको लगानी करिब १० करोड पुगेको छ ।

हाल जिल्लामा १ सय २५ वटा सञ्चालित सहकारी संस्थाको लगानी करिब १० करोड पुगेको हो ।

जिल्लामा यति धेरै सहकारी सञ्चालनमा रहे पनि जिल्ला सहकारी सङ्घ तथा जिल्ला बचत सङ्ंघमा आबद्ध हुने सहकारीको सङ्ख्या भने न्यून रहेको छ । अहिलेसम्म जिल्ला सहकारी सङ्घमा ४२ तथा बचत सङ्घमा २१ वटा सहकारी संस्थामात्र आबद्ध भएका जिल्ला सहकारी सङ्घका अध्यक्ष धनराज जोशीले बताए ।

सञ्चालनमा रहेका सहकारीहरूमध्ये अधिकांशले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । अहिलेसम्म अन्य संस्थाहरूमा २० वटा कृषि सहकारी तथा १४ वटा महिला सहकारी सञ्चालनमा रहेका छन् ।

अधिकांश सहकारीले बचत तथा ऋणकै कारोबार बढी गर्ने गरेकाले सहकारीहरू अपेक्षाकृत रुपमा फस्टाउन नसकेको अध्यक्ष जोशीको बुझाई छ । सहकारीलाई दिगो राख्न अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

अभिलेख

लोकप्रिय