बढ्दो व्यापारघाटा घटाउन सरकार क्रियाशील-अर्थमन्त्री
पोखरा । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् ।
पोखर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा अर्थमन्त्री महतले आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर र अर्कोतिर बढ्दो व्यापारघाटा घटाइ हाल्नुपर्ने अर्को चुनौती पनि हाम्रा सामु रहेको बताए ।
‘करिब ६ खर्बको व्यापारघाटा धान्नका लागि हामीले औद्योगिक लगानी बढाउनुपर्छ ।’ उनले भने, ‘प्रचूर संभावना भएको उर्जाको विकास गर्नैपर्छ । नेपालको भौगोलिक विविधता र प्राकृतिक पर्यावरणको संभावनाबाट लाभ लिनैपर्छ ।’ नेपालले तीसौ लाख पर्यटक आकर्षित गर्न सक्ने संभावना बोकेको बताउँदै सरकार यी तीनै क्षेत्रको संभावना उजागर गर्न लागिपरेको बताए ।
कार्यक्रममा सभासद यज्ञबहादुर थापाले क्षेत्रीय विमानस्थल निर्माणसँगै पोखराको विकासको ढोका खुल्ने बताए । यसैगरी अर्का सभासद रवीन्द्र अधिकारीले औद्योगिक विकाससँग सम्वन्धित यस्ता प्रदर्शनीको आयोजनाले आर्थिक गतिबिधिहरुको बिस्तारमा सहयोग पुग्ने बताए । त्यस्तै कार्यक्रममा अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संबिधान निर्माणसँगै आर्थिक विकासलाई पनि तिब्रता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले क्षेत्रीय विमानस्थल निर्माणपछि पोखरा आर्थिक विकासको आकर्षणको केन्द्र हुने बिचार व्यक्त गरे
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
