२१ कात्तिक २०८३, शनिवार

कोशी र गण्डक परियोजना समितिको सातौं बैठक सम्पन्न

२०७१ मंसिर ४, बिहिबार
कोशी र गण्डक परियोजना समितिको सातौं बैठक सम्पन्न

काठमाडौं । कोशी र गण्डक परियोजना संयुक्त समितिको सातौं बैठक ११–१२ नोभेम्वर काठमाडौमा सम्पन्न भएको छ ।
भारतीय पक्षको नेतृत्व बिहार सरकार जलश्रोत विभागका सचिव दीपक कुमार सिंह र नेपाली पक्षको नेतृत्व नेपाल सरकारको सिंचाइ मन्त्रालय, सिंचाइ विभागका महानिर्देशक माधव बेलवासेले गरेका थिए ।

बैठकमा पारस्परिक हीतका विविध विषयहरुम छलफल गरिएको थियो । कोशी ब्यारेजको माथिल्लो तथा तल्लो तटीय क्षेत्रका बाँधमा भएको क्षय तथा गण्डक परियोजना क्षेत्र वरिपरी भएको बाढी तथा डुवानका बारेमा समेत दुबै पक्षले बैठकमा जानकारी गराए ।

गण्डक परियोजनाका ज्वलन्त समस्याहरु सिफारिश गर्नको लागि एक उपसमिति गठन गर्ने समेत सहमति भएको छ । समितिले अझ नियमित रुपले बैठक आयोजना गर्नु पर्ने कुरामा पनि जोड दिएको छ । समितिको अर्को बैठक २०१५ को अप्रिल÷मे महिनामा गर्ने समेत निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय