२१ कात्तिक २०८३, शनिवार

हिमचुली विकास बैंकको व्यवस्थापन हस्तान्तरण

२०७१ मंसिर ३, बुधबार
हिमचुली विकास बैंकको व्यवस्थापन हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमचुली विकास (एचएन्डबी) बैंकको व्यवस्थापन नयाँ सञ्चालक समितिलाई आज हस्तान्तरण गरेको छ ।
बैंकमा गत जेठको पहिलो सातामा वित्तीय अपचलन भएर समस्या परेपछि राष्ट्र बैंकले उक्त बैंकको व्यवस्थापन गरेको थियो ।
यसैगरी राष्ट्र बैंकले माधव आचार्य, सुशील पराजुली, लेखबहादुर गुरुड, केदारमान कर्माचार्य र गोपाल बास्तोलाको समूहलाई नयाँ सञ्चालक समिति गठन गरिदिएको छ । ती पाँचमध्येबाट एकलाई अध्यक्षको जिम्मेवारी नयाँ सञ्चालक समितिले दिने छ ।
मंगलबार एक औपचारिक कार्यक्रममा बैंकलाई पूर्ववर्ती अवस्थामा फर्काउन सफल राष्ट्र बैंकका वरिष्ठ अधिकृत विष्णुमणि गौतम तथा हेमराज अधिकारीलाई बिदाइ गरिएको छ । कार्यक्रममा गौतमले बैंकको तरलताको अवस्था तथा बैंकको पुँजीकोष पर्याप्तता राष्ट्र बैंकले तोकेबमोजिम रहेको र अन्य वित्तीय सूचकाङ्कसमेत सन्तोषजनक भई निक्षेपकर्ताको लगानी सुरक्षा र लगानीकर्ताले लगानी गर्ने विश्वासको वातावरण बढेकाले व्यवस्थापन हस्तान्तरण गरिएको बताए ।

अभिलेख

लोकप्रिय