२१ कात्तिक २०८३, शनिवार

सहकारीद्धारा समुदायिक अस्पताल संचालन

२०७१ मंसिर ३, बुधबार
सहकारीद्धारा समुदायिक  अस्पताल संचालन

देहाती । पर्साको विरुवागुठी– ५ पकडीया बढनिहारमा आज जोखु चौधरी सामुदायिक हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालिको उद्घाटन भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुण महतोले हेल्थ केयर एन्ड रिसर्च सेन्टरको उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख महतोले सर्वसाधरणलाई सरल र सुलभ तरीकाले स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले गाँउ गाँउमा स्वास्थ्य चौकीहरुको स्थापना भएपनि प्रयाप्त नभएको भन्दै हेल्थ केयर सेन्टरले प्रभावकारी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । एकता समूह बचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुर घुर्मीले हेल्थ केयर सेन्टर सञ्चालन गर्न लागेको हो । उदघाटन कार्यक्रममा जनता उच्च मावि बढनिहारका व्यवस्थापन समिति अध्यक्ष अरुण कुमार लाल कर्ण, जोखु चौधरी सामुदायिक हेल्थ केयरका सचिव विजय चौधी  लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वर्गीय जोखुकी श्रीमति पार्वती चौधरीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको एकता समूह सहकारी बीरगञ्ज शाखाकी लेखापाल लक्ष्मी खड्काले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष पन्नालाल कुशवाहको अध्यक्षतामा कार्यक्रम भएको थियो बिशिष्ट अतिथी  डा.योगेन्द्र प्रसाद यादब , बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष असगर अली अंसारी , अतिथीहरुमा जनता उच्च मा.बि. का प्रधानाध्यापक अरुण कुमारलाल कर्ण , समाजसेवी जंग बहादुर दास, नारायणी एफ. एम का संचारकर्मी एवम् सहकारी कर्मी रामनिवास देहाती , युवा तथा साना ब्यवसायी स्वारोजगार कोषको जिल्ला अनुगमन तथा संयोजन समितिका सदस्य सचिव सुनिल
कुमार रौनियार , निर्धन उत्थान बैंकको योगेन्द्र ठाकुर , जुनतारा बचत तथा ऋण सहकारी संस्थाका प्रनिधि कल्पना क्षेत्री लगाएतका अतिथीहरुको उपस्तििथी रहेको थियो ।
यसैबीच एकता समूह सहकारीकै आयोजनामा बढनिहारमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।  शिविरमा आज ४ सय ३३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा नाक, कान, घाँटी, बाल तथा स्त्री रोग विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण भैरहेको छ । शिविरमा बाल रोग विशेषज्ञ डा अजित कुमार साह, जेनरल फिजिसियन डा सचित प्रसाद कुशवाह, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा निर्जा लाखे लगायतको टोलिले स्वास्थ्य परीक्षण गरेको हेल्थ केयर सेन्टर व्यवस्थापन समितिका कोषाध्यक्ष सन्तोष कुमार यादवले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय