२१ कात्तिक २०८३, शनिवार

सक्रिय साकोसको निक्षेप दुई करोड

२०७१ मंसिर २, मङ्गलबार
सक्रिय साकोसको निक्षेप  दुई करोड

खोटाङ । खोटाङको सक्रिय बचत तथा ऋण सहकारीले दुई करोडभन्दा बढी निक्षेप संकलन गरेको छ । १२ वर्षअघि स्थापना भएको यस सहकारीले आर्थिक वर्ष २०७०–७१ भित्र २ करोड २१ लाख ३२ हजार ८२२ रुपियाँ निक्षेप संकलन गरेको हो । सदरमुकाम दिक्तेलको समीक्षालय हलमा आयोजित चौधौं साधारणसभामा सहकारीले सो आर्थिक वर्षमा कुल ४ करोड २ लाख ३९ हजार ३२० रुपियाँको आर्थिक कारोबार गरेको जानकारी दिएको छ ।
असार मसान्तसम्म २ करोड ५६ लाख ३२ हजार ११७ रुपियाँ ऋण लगानी गरेको संस्थाका व्यवस्थापक युधीर शाक्यले जानकारी दिए । हाल दैनिक एक लाख २० हजार निक्षेप संकलन गर्दै आएको सहकारीको कोषमा ६२ लाख ४२ हजार ८६० रुपियाँ रहेको शाक्यले सुनाए ।
साधारणसभामा अनुमानित १३ करोड ५३ लाख ७ हजार ५ सय आय र १३ करोड ४७ लाख ४५ हजार १ सय बराबरको आय–व्यय प्रस्तुत गरिएको थियो । हाल २४८ सेयर सदस्य पुगेको संस्थाको निक्षेपकर्ताको संख्या ९५९ पुगेको जानकारी दिइएको थियो ।

अभिलेख

लोकप्रिय