धान उत्पादनमा १७ प्रतिशतले वृद्धि
विराटनगर । पूर्वाञ्चलमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ प्रतिशतले वृद्धि हुने भएको छ ।
धानबालीको रोपाइँको सुरुको समयमा समुचितरूपमा वर्षा नभएपनि ढिलो गरी वर्षा भएपछि किसानले रोपाइँ गरेका धानबालीमा रोगको प्रकोप नलागेकाले उत्पादनमा वृद्धि भएको हो ।
यस क्षेत्रअन्तर्गत तराईका पाँच जिल्लाका साथै पहाडी र हिमाली जिल्लामा पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले जानकारी गराए ।
गत आर्थिक वर्षमा पूर्वाञ्चलमा ११ लाख ४९ हजार मेट्रिकटन धानबाली उत्पादन भएको थियो भने यस वर्ष १३ लाख ९७ हजार ७६० मेट्रिकटनअर्थात् उत्पादनमा १७ प्रतिशतले वृद्धि हुने देखिएको छ ।
सोअनुरूप, झापामा तीन लाख ३७ हजार ७९२ मेट्रिकटन, मोरङमा दुई लाख ८८ हजार ९२५ मेट्रिकटन, सुनसरीमा एक लाख ६१ हजार ७८४ मेट्रिकटन, सप्तरीमा एक लाख २६ हजार मेट्रिकटन र सिरहामा दुई लाख २० हजार ७२ मेट्रिकटन उत्पादन हुने भएको छ ।
त्यसैगरी, मध्यपहाडका आठअन्तर्गतका इलाममा ३१ हजार २३० मेट्रिकटन, पाँचथरमा २० हजार २४० मेट्रिकटन, धनकुटामा २२ हजार ४३४ मेट्रिकटन, तेह्रथुममा १७ हजार ४९४ मेट्रिकटन उत्पादन हुने भएको छ ।
मध्यपहाडी जिल्लाअन्तर्गतकै भोजपुरमा ३५ हजार ८९३ मेट्रिकटन, उदयपुरमा ४९ हजार ९४५ मेट्रिकटन, खोटाङमा २६ हजार ७५५ मेट्रिकटन र ओखलढुङ्गामा १६ हजार २३४ मेट्रिकटन धानबाली उत्पादन हुने भएको छ ।
त्यसैगरी, उच्च तीन पहाडी जिल्ला सोलुखम्बुमा तीन हजार ५६४ मेट्रिकटन, ताप्लेजुङमा आठ हजार ६३७ मेट्रिकटन र सङ्खुवासभामा ३२ हजार ७६० मेट्रिकटन धानबाली उत्पादन हुने भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
