२१ कात्तिक २०८३, शनिवार

सहकारी ऋण कोषले आफ्नै भवनबाट कारोवार गर्ने

२०७१ कात्तिक ३०, आईतवार
सहकारी ऋण कोषले आफ्नै भवनबाट कारोवार गर्ने

काठमाडौ । ललितपुरको मानभवनमा अवस्थित सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा  सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाले एक महिना भित्रमा आफ्नै सुविधा सम्पन्न भवनबाट कारोवार शुरु गर्ने घोषणा गरेको छ  । यस्तै संस्थाले आफ्ना सदस्यहरुलाई सुमेरु अस्पतालमा २० प्रतिशत सम्मको डिस्काउण्ट कार्ड समेत सो कार्यक्रममा उपलब्ध गरायो ।  संस्थाका उपाध्यक्ष रामकृष्ण कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेती ,नेफ्स्कुनका सञ्चालक दिपक पनेरु,जिल्ला सहकारी संघका सञ्चालक राजेन्द्र पौडेललगायत  सहभागतिा रहेको थियो ।

अभिलेख

लोकप्रिय