२१ कात्तिक २०८३, शनिवार

‘नेविसंघलाई बन्धक बनाउनेहरु हो, खबरदार ! उज्यालो बिहानी कहिले हुन्छ ?’

२०७१ कात्तिक ३०, आईतवार
‘नेविसंघलाई बन्धक बनाउनेहरु हो, खबरदार ! उज्यालो बिहानी कहिले हुन्छ ?’

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन सातौं पटक स्थगित गरिएकोमा विरोध जनाउदै उपत्यकाका विभिन्न क्याम्पस ईकाईहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयको प्रांगणमा ११ जनाले कालो कपडा लगाई, अनुहार छोपेर, लालटीन बोकी ११ मिनेटसम्म मौन धर्ना दिई विधिवत रुपमा ११ औं महाधिवेशनको माग गरेका हुन् । महाधिवेशन स्थगित गराएर पार्टी नेतृत्वले लाखौं विद्यार्थी एवं कार्यकर्ताहरुको अपमान गरेको भन्दै उनीहरुले सांकेतिक विरोध जनाएका हुन् । ‘हठात् रुपमा महाधिवेशन स्थगन गरिएबाट पार्टीमा आन्तरिक लोकतन्त्र विरुद्ध प्रहार भएको छ ।

त्यही आन्तरिक लोकतन्त्रको खोजी गर्न लालटिन बालेर आज हामी आफ्नै केन्द्रीय कार्यालयमा आएका छौं ।’ ग्रामीण आर्दश क्याम्पसका नेविसंघका सभापति सुशील भट्टले भने । प्रदर्शनकारीहरुको कालो पोशाकमा ‘नेविसंघलाई बन्धक बनाउनेहरु हो, खबरदार ! उज्यालो बिहानी कहिले हुन्छ ?’ भन्ने नारा लेखिएको थियो ।

मौन धर्नापछि आयोजित विरोध सभामा बोल्दै नेविसंघ अध्यक्षका प्रत्याशी एवं पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागबण्डा नमिलेकै कारण नेविसंघको महाधिवेशन पटक पटक स्थगित गरिनु आन्तरिक लोकतन्त्रविरुद्धको प्रहार भएको बताए ।

अभिलेख

लोकप्रिय