कृषि सहकारीमैत्री कार्यक्रम र बजेट ल्याउन सरकारसंग आग्रह
बारा । नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष एकराज उप्रेतीले साना किसान र उद्यमीहरुलाई लक्षित कार्यक्रम र बजेट ल्याउन सरकारसंग माग गरेका छनर ।
आज (शनिवार) डुमरवानामा साना किसान कृषि सहकारी जिल्ला संघको सातौं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । गांऊगांऊमा किसानहरु नै परनिर्भर हुदै गएको बताउँदै यस्तो अवस्थालाई रोक्न गांऊगांऊमा सहकारीमा किसानहरु आवद्ध हुने र उनीहरुले उत्पादन गरेका खाद्यान्नहरुलाई बजार र बजारको पूंजीलाई गांऊमा ल्याउन भूमिका खेल्नुपर्ने धारणा राखे । ‘शहर र कतिपय गांऊमा सहकारीको भार बढेको छ भने कतिपय घरपरिवारमा सहकारीहरु पुग्न सकेका छैनन । कति ठांऊमा झोले सहकारीहरुले अभियानलाई बदनाम गरेका छन । ’ उनले भने, ‘सहकारीहरुको गुणात्मक विकास र एकीकरणको माध्यमबाट अभियानलाई प्रभावकारी बनाउनु पर्छ ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले कृषि सहकारी संघले राज्य र किसानहरुलाई जोडनुपर्ने बताए । कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, जिल्ला कृषि विकास कार्यालयका समसुल हक मियां, डुमरवाना बहुमुखी क्याम्पसका किशोर शर्मा, डिभिजन सहकारी कार्यालयका मुरारी तिमल्सेना, जिल्ला कृषि सहकारी संघ मकवानपुरका गोकुल पौडेल, चियावारी कृषि सहकारीका रामदयाल चौधरी, समाजसुधार कृषि सहकारीका नारायणदत्त अधिकारी, साना किसान कृषि सहकारी संस्था तेत्तरियाका कान्तीदेवी चौधरी र सञ्चारकर्मीलगायतले आफ्नो धारणा राखेका थिए ।
उदघाटनपछि आयोजित बन्दसत्रले अध्यक्ष अधिकारीको प्रगति प्रतिवेदन र लेखा सदस्य रामलखन यादवको लेखा प्रतिवेदन सुझावसहित पारीत गरेको छ । २०६५ सालमा स्थापना भएको संघमा हाल जिल्लाभरका १२२ कृषि सहकारी संस्थाहरु आवद्ध रहेका छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
