२१ कात्तिक २०८३, शनिवार

रिलायवल साकोसले शेयर पूँजी बढाउने

२०७१ कात्तिक २९, शनिवार
रिलायवल साकोसले शेयर पूँजी बढाउने

साधारणसभाले संस्थाको रिक्त संचालकहरुमा अस्मित श्रेष्ठ, सुष्मा मल्ल, सुनिता श्रेष्ठ र ईशारा गुरुङलाई निर्वाचित गरेको । यसैगरी लेखा समिति संयोजकमा मिलनवावु मल्ल चयन भएका छन् ।  संस्थाले तीन वर्षदेखि वेष्टर्न युनियन, आइएमईको रेमिट्यान्स सेवा दिदै आएकोमा अव प्रभु मनी टान्सफरको पनि सेवा प्रदान गर्ने जनाएको छ । साधारणसभामा बोल्दै सहकारी बैैंकका कार्यकारी सञ्चालक केवी उप्रेतिले निति निर्माण तहमा पुग्न सफल सभासद ओमदेवी मल्लले चलाएको संस्थामा ढुक्क भएर बचत गर्न सर्वसाधरणलाई आग्रह गरे । उनले एक्लै संघर्ष गरेर सो संस्था यहाँ सम्म ल्याइपु्याएको भन्दै सभासद मल्लको हिम्मत सह्राना गर्न योग्य भएको बताए ।

काठमाडौं । रिलायवल बचत तथा ऋण सहकारीले सेयरपुँजी बढाउने भएको छ । हाल १ करोड ११ लाख ४४ हजार पुँजी रहेको संस्थाले आगामी बर्ष पुँजी बढाएर १ करोड १५ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको सभासद एवं संस्थाकी कार्यकारी अध्यक्ष ओमदेवी मल्लले शनिबार सम्पन्न साधारणसभामा जानकारी दिइन् ।

( कार्यकारी पद कहिले छाड्ने ?पढ्नुस् मल्लको अन्तर्वाता)

संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा ९ करोड १३ लाख रुपैयाँ बचत संकलन गरी ६ करोड.रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी चालु आर्थिक वर्षमा १० करोड ५० लाख निक्षेप संकलन गरी ८ करोड ५० लाख ऋण प्रवाह गर्ने प्रमूख लक्ष्य रहेको अध्यक्ष मल्लले बताइन् ।

अभिलेख

लोकप्रिय