रिलायवल साकोसले शेयर पूँजी बढाउने
साधारणसभाले संस्थाको रिक्त संचालकहरुमा अस्मित श्रेष्ठ, सुष्मा मल्ल, सुनिता श्रेष्ठ र ईशारा गुरुङलाई निर्वाचित गरेको । यसैगरी लेखा समिति संयोजकमा मिलनवावु मल्ल चयन भएका छन् । संस्थाले तीन वर्षदेखि वेष्टर्न युनियन, आइएमईको रेमिट्यान्स सेवा दिदै आएकोमा अव प्रभु मनी टान्सफरको पनि सेवा प्रदान गर्ने जनाएको छ । साधारणसभामा बोल्दै सहकारी बैैंकका कार्यकारी सञ्चालक केवी उप्रेतिले निति निर्माण तहमा पुग्न सफल सभासद ओमदेवी मल्लले चलाएको संस्थामा ढुक्क भएर बचत गर्न सर्वसाधरणलाई आग्रह गरे । उनले एक्लै संघर्ष गरेर सो संस्था यहाँ सम्म ल्याइपु्याएको भन्दै सभासद मल्लको हिम्मत सह्राना गर्न योग्य भएको बताए ।
काठमाडौं । रिलायवल बचत तथा ऋण सहकारीले सेयरपुँजी बढाउने भएको छ । हाल १ करोड ११ लाख ४४ हजार पुँजी रहेको संस्थाले आगामी बर्ष पुँजी बढाएर १ करोड १५ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको सभासद एवं संस्थाकी कार्यकारी अध्यक्ष ओमदेवी मल्लले शनिबार सम्पन्न साधारणसभामा जानकारी दिइन् ।
( कार्यकारी पद कहिले छाड्ने ?पढ्नुस् मल्लको अन्तर्वाता)
संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा ९ करोड १३ लाख रुपैयाँ बचत संकलन गरी ६ करोड.रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी चालु आर्थिक वर्षमा १० करोड ५० लाख निक्षेप संकलन गरी ८ करोड ५० लाख ऋण प्रवाह गर्ने प्रमूख लक्ष्य रहेको अध्यक्ष मल्लले बताइन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
