२१ कात्तिक २०८३, शनिवार

जिल्लाका सबै सहकारीहरुलाई साधारणसभा गर्न आग्रह

२०७१ कात्तिक २९, शनिवार
जिल्लाका सबै सहकारीहरुलाई साधारणसभा गर्न आग्रह

सिमरा । बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको पांचौं पूर्ण वैठक आज संघको कार्यालय सिमरामा बसेको छ ।

वैठकले जिल्लाको सहकारी अभियान र सदस्य संस्थाहरुको गतिविधिको समिक्षा गरेको छ । बारा जिल्लामा अधिकांश बचत तथा ऋण सहकारी संस्थाहरुले वार्षिक साधारणसभा गरेको समिक्षा गर्दै बांकी रहेका संस्थाहरुलाई सबै सदस्यहरुलाई सूचनाहरु गरी वार्षिक साधारणसभा आयोजना गर्न आग्रह गरेको हो । वैठकले सहकारी अभियान र बचत तथा ऋण सहकारी संस्थाहरुको पक्षमा गरिरहेका कामहरु, बचत परिचालन, अन्तरलगानी र शिक्षा तथा तालीमजस्ता कार्यक्रमहरुकोसमेत समीक्षा गरेको छ ।
जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी सिद्धान्त अनुसार सञ्चालन गर्न र वित्तिय व्यवस्थापनका नियमहरु पालना गर्न आग्रह गरेको छ । सहकारी संस्थाहरु सञ्चालनको जोखिम र विकृतिहरु बढदै गएकोे अनुगमन र नियमनको पक्षलाई सशक्त बनाउने निर्णयसमेत वैठकले गरेको छ ।

अभिलेख

लोकप्रिय