२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय सहकारी बैंकद्वारा चार उपसमिति गठन

२०७१ कात्तिक २६, बुधबार
राष्ट्रिय सहकारी बैंकद्वारा चार उपसमिति गठन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न ४ वटा उपसमिति गठन गरेको छ । बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा मंगलवार बसेको वैठकले कर्जा, शिक्षा तथा तालिम, सूचना, सञ्चार तथा प्रकाशन र पदपूर्ति उपसमिति गठन गरेको हो ।

कर्जा उपसमितिको संयोजकमा बैंकका सञ्चालक रामशरण शर्मा घिमिरे तथा सदस्यहरुमा सञ्चालक ज्ञान बहादुर तामाङ र प्रवन्ध सञ्चालक के.बी.उप्रेती रहेका छन् । शिक्षा तथा तालिम उपसमितिको संयोजकमा सञ्चालक सरिता भट्टराई तथा सदस्यहरुमा सञ्चालक देवराज पराजुली, रामशरण बस्नेत र राजेन्द्र पौडेल तथा सदस्य सचिवमा प्रवन्धक नवराज उपाध्याय रहेका छन् । यस्तै सूचना, सञ्चार तथा प्रकाशन उपसमितिको संयोजकमा सञ्चालक राम बहादुर जिसी तथा सदस्यहरुमा विन्देश्वर श्रेष्ठ, महेन्द्र गिरी, डिल्ली पोखरेल र सदस्य सचिवमा वैंकका अधिकृत नविन कार्की रहेका छन् ।

यसैगरी पदपूर्ति उपसमितिको संयोजकमा सञ्चालक हरिहरनाथ योगी तथा सदस्यहरुमा सञ्चालक रामहरि बजगाई तथा प्रवन्ध सञ्चालक के.बी.उप्रेती, नायव महाप्रवन्धक बद्रीकुमार गुरागाई र सदस्य सचिवमा प्रवन्धक हरिकृष्ण सापकोटा रहेको बैंकले जनाएको छ ।

अभिलेख

लोकप्रिय