२१ कात्तिक २०८३, शनिवार

सहकारी कार्यालय पाल्पाका प्रमुख भन्छन,कर्मचारीको आपसी मतभेदले कपोलकल्पित कुरा बाहिर आयो

२०७१ कात्तिक २५, मङ्गलबार
सहकारी कार्यालय पाल्पाका प्रमुख भन्छन,कर्मचारीको आपसी मतभेदले कपोलकल्पित कुरा बाहिर आयो

विभिन्न पत्रपत्रिकामा भ्रामक समाचार
म नेत्रप्रसाद घिमिरे सहकारी अधिकृत डि.स.का. पाल्पा सहकारी सम्बन्धी लेखरचना लेखेर तथा पदीय जिम्मेवारी निर्वाह गरी सहकारीलाई सहयोग गर्दै आएको छु । सहकारी सम्बन्धी ३ वटा पुस्तक निकाली सकेको मान्छेले २ ा ४ सयमा मेरो चरित्र हत्या गर्ने काम केही अपराधिक विचार भएका मानिसबाट भएको देखिन्छ । सहकारी अभियानलाई गुणात्मक विकास गर्न सदैव अविचलित रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । साँचो कुरा के हो भने लेखापाल विरामी भइ रसिद अरु कर्मचारीले नवुझेकाले २ दिनसम्म रसिद म आफै काटेको पक्का हो । कर्मचारीहरुवीचको आपसी मतभेदले गर्दा यस्तो कपोलकल्पित कुरा बाहिर आयो । फेरि यस जिल्लामा पुसपछि मात्र जरिवाना लिने चलनको वारे मेरा कर्मचारीहरुले मलाइ सुझाएका थिए तर मैले सहकारी मापदण्ड कार्यान्वयन गर्नुपर्दछ बरु थोरै थोरैबाट शुरु गरौ भनेर जरिवाना यस वर्ष ढिला साधारण सभा पेश गर्नेलाई एक सय, तीन सय र धेरैवर्ष साधारण सभा नगरेकालाई एक हजार सम्म जरिवाना लिने काम भयो । कुरा यति मात्र हो । अनियतता गर्नेहरु आत्तिएर यो हर्कत गर्न उक्साएको जस्तो महसुस गरेको छु ।
नेत्रप्रसाद घिमिरे सहकारी अधिकृत डि.स.का. पाल्पा ,

श्री सम्पादक ज्यू
सहकारी खबर डट कम

अभिलेख

लोकप्रिय