अर्थमन्त्री डा महत र जाइका उपाध्यक्ष कोरोयांगीबीच छलफल
काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहनुभएका जाइकाका उपाध्यक्ष तोसियुकी कोरोयांगीबीच अर्थमन्त्रालयमा सोमबार औपचारिक भेटघाट तथा छलफल भएको छ ।
जापान इन्टनरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का उपाध्यक्ष कुरोयानागी तथा जाइकाकै दक्षिण एसिया हेर्ने उपमहानिर्देशक कात्सुओ मात्सुमोतो जाइकाको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रत्यक्ष अवलोकनका लागि आइतबारदेखि चारदिने नेपाल भ्रमणमा आएका हुन् । नेपालको सहायता रणनीतिका बारेमा सरकार तथा सम्वन्धित अन्य निकायहरुसँग छलफल गर्नु भ्रमणको मूल उद्देश्य रहेको छ । सो अवसरमा अर्थमन्त्री डा महतले नेपाल र जापानबीच उच्चस्तरको द्विपक्षीय सम्वन्ध रहेको चर्चा गर्दै जाइका नेपालको आर्थिक सामाजिक विकासको लागि सक्रिय साझेदारको रुपमा रहेको बताए ।
जाइकाले विशेषगरी नेपालको पूर्वाधारको विकास, संस्थागत विकास, शान्ति प्रक्रियाको सुदृढीकरण तथा ग्रामीण क्षेत्रको गरिबी घटाउने काममा उल्लेख्य सहयोग गरेको चर्चा गर्दै अर्थमन्त्री डा महतले सरकारको प्राथमिकता राजनीतिक स्थिरताका लागि सबैभन्दा पहिला संबिधान जारी गर्नु र आर्थिक सामाजिक विकासमा केन्द्रित हुनु रहेको बताए । लगानीको वातावरण निर्माणका लागि सरकार क्रियाशील रहेको जानकारी दिदै महतले जाइकालाई आफ्ना कार्यक्रम सञ्चालन गर्न अनुकूल वातावरण तयार गर्न सरकार तत्पर रहेको उल्लेख गरे ।
सो अवसरमा जाइकाका उपाध्यक्ष कुरोयानागीले संबिधान निर्माण र विकासका लागि सरकारका एजेण्डाहरुबारे जिज्ञासा राखेका थिए । सो अवसरमा सहसचिव मधुकुमार मरासिनी तथा अर्थमन्त्रालयका कर्मचारीहरु र जाइकाका उपमहानिर्देशक मात्सुमोतो तथा जाइकाका नेपालस्थित अधिकारीहरु समेतको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
