२१ कात्तिक २०८३, शनिवार

बचत तथा ऋण सहकारीहरुलाई एकरुपता र एकीकरणमा लैजाने

२०७१ कात्तिक २४, सोमबार
बचत तथा ऋण सहकारीहरुलाई एकरुपता र एकीकरणमा लैजाने

‘अहिले एकै ठाउमा धेरै सहकारीहरु हुदा दोहोरो सदस्यता, अस्वस्थ प्रतिस्पर्धा र सञ्चालन लागत बढिरहेको छ ।’ उनले भने ‘व्यवस्थापकीय ज्ञान नहुदा सञ्चालन जोखिमहरु बढिरहेका छन । यी समस्याहरु हल गर्न सबै सहकारीहरुको सफटवेयर, नीति, नियम र व्याजदरमा एकरुपता दिने पद्धतिको तयारीमा नेफ्स्कून रहेको र यसमा राज्यका सम्वन्धित निकाय पनि सकारात्मक रहेको रहेको छ ।’ पन्ध्रौ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमका सहभागीहरु, अन्तरमावि हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट र सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
पन्ध्र वर्षअघि स्थापना भएको सहकारीमा हाल सात सय सदस्यहरुवीच चार करोडको कारोवार गरिरहेका छन । बारा जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षसमेत रहेको सगरमाथा सहकारी जिल्लाको जेष्ठ र सफल रुपमा क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाको रुपमा रहेको छ ।

सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरुको संख्यात्मक वृद्धि र विकृतिहरुलाई न्युनीकरण गर्नका बचत तथा ऋण सहकारीहरुवीच एकरुपता र एकीकरणको प्रक्रियामा अघि बढाउने तयारी भइरहेको बताएका छन् ।

आज (सोमबार) निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले सबै बचत तथा ऋण सहकारीहरुको नियमन, सुशासन र व्यवस्थापनका लागि नेफ्स्कूनले प्रभावकारी कानूनका लागि बहश गरीरहेको बताए । सहकारी संघ संस्थाहरुलाई अनुशासनमा ल्याउन नीतिगत र सञ्चालनमा एकरुपता दिने प्रयासलाई अघि बढाई रहेको पनि उनको भनाई थियो ।

अभिलेख

लोकप्रिय