सहयोगी बहुउदेश्यीय सहकारी अब आफ्नै भवनमा
काठमाडौं । ललितपुरको पूर्वी भेग लुभुमा अवस्थित सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै नवनिर्मित भवनबाट वित्तीय कारोवार शुरु गरेको छ ।
१९ औं वार्षिकोत्सवको उक्त नवनिर्मित सहयोगी भवनको उद्घाटन राष्ट्रिय सहकारी संघका सञ्चालक तथा नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले शनिबार एक कार्यक्रमका बीच गरे । साढे १२ आना जग्गामा निर्मित ३ तले भवन निर्माणका लागि १ करोड ३० लाख रुपैया खर्च भएको जानकारी संस्थाका अध्यक्ष नारायणभक्त श्रेष्ठले बताए ।
२०५३ सालमा स्थापित उक्त संस्थाले सदस्यहरुलाई लक्षित गरी सहयोगी सुपथ मूल्य सहकारी पसल, वेष्ट विङ्ग स्कूल र सहयोगी अर्गानिक कृषि केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न परियोजनाहरु सञ्चालन गरेको र निकट भविष्यमा बृद्धबृद्धालाई लक्षित गरी सहयोगी जेष्ठ नागरिक गृह समेत सञ्चालनमा ल्याउने श्रेष्ठले बताए । संस्थाको ३ करोड शेयरपूँजी, ३७ करोड ५० लाख बचत संकलन र २६ करोड कर्जा प्रवाह रहेको छ भने संस्थामा २ हजार ३ सय सदस्य आवद्ध रहेका छन् ।
लुभु र लामाटार गाविसलाई आफ्नो कार्यक्षेत्र बनाएर कारोवार गर्दै आएको संस्थाले ८० प्रतिशत लगानी स्थानीय उद्योगधन्दामा गरेको छ । संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
