२१ कात्तिक २०८३, शनिवार

सगरमाथा साकोसद्वारा रक्तदान

२०७१ कात्तिक २३, आईतवार
सगरमाथा साकोसद्वारा रक्तदान

सिमरा । निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफनो पन्ध्रौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ६ जना महिलासहित ८४ जनाले रक्तदान गरेका थिए ।

रक्तदानको शुभारम्भ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले गरेका थिए । संस्थाका अध्यक्ष भोला गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, गौरीशंकर उच्च माविका प्राचार्य सुदर्शन कोइराला, गौरीशंकर उच्च मावि बागदेवका प्राचार्य यादव तिमल्सेना, समुदायमा आधारित प्रसुती गृह अस्पतालका अध्यक्ष किशोर नेपाललगायतको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय