मकवानपुर बचत संघको नवौं वार्षिक साधारणसभा सम्पन्न
सिमरा । मानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नवौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
वार्षिक साधारणसभाको उदघाटन गर्दै राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रि लम्सालले सहकारी क्षेत्रका उपलव्धिहरुलाई संस्थागत गर्दै भावी सम्भावनाहरुलाई समृद्धिमा रुपान्तरित गर्न सहकारीमैत्री संविधान निर्माणको प्रक्रिया अघि बढिरहेको बताए । सबै सहकारीहरुले सुशासनका नियमहरु पालना गरी विकृतिहरुलाई हल गर्न ध्यान दिनुपर्ने उनको भनाई थियो ।
साधारणसभामा बोल्दै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले बचत तथा ऋण सहकारीको पूंजीलाई उत्पादनमा विशेषगरी कृषि तथा पशुपालनको क्षेत्रमा परिचालन गर्न ध्यान दिनुपर्ने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीहरुको सुशासन र गुणात्मक विकासका लागि सहकारीहरुवीच एकीकरण र एकीकृत प्रणालीमा जानु आवश्यक भएको बताए । मकवानपुरका सबै सहकारी संघसंस्थाहरु, राज्य र निजी क्षेत्र मिलेर बन्द रहेको हेटौडा कपडा कारखाना सञ्चालनमा ल्याउन सकिने पौडेलको कथन थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख भिम परियार, पूर्व प्रमुख केशव बानियां, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङतानलगायतले आफ्नो धारणा राखेका थिए ।
नौ वर्षअघि स्थापना भएको संघमा हाल १२२ संस्था आवद्ध रहेको र करीव सात करोडको कारोवार गरिरहेको छ । यस वर्ष नेफ्स्कूनले मुलुकभरका जिल्ला संघहरुमध्ये उत्कृष्ट संघको रुपमा सम्मानित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
