‘आँखा बैंक’मा ६ सय ‘क्रोनिया’ संकलन
काठमाडौं । आँखालाई आकर्षक र सुन्दर देखाउन आजभोलि मानिस विभिन्न रङ्गका लेन्सको प्रयोग गर्न थालेका छन् ।
चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीबिना जथाभावी रुपमा लगाइने लेन्सले आँखाको ज्योति नै गुम्ने खतरा रहेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बताउँछन् । राजधानी आयोजित कार्यक्रममा बोल्दै डा रुइतले आजभोलि लेन्सको प्रयोग गर्नेक्रम बढेको र चस्मा लगाउनै नपर्ने आँखामा समेत सुन्दरताका लागिमात्र लेन्स लगाउने गरेको बताए ।
भारतीय राजदूतावास र बीपी कोइराला नेपाल भारत प्रतिष्ठानले आयोजना गरेको ‘भ्वाइसेस’ कार्यक्रममा बोल्दै डा रुइतले जीवनमा सिर्जनशीलता, लगनशीतला, विश्वास र सकारात्मक सोचले ठूलो सफलता मिल्ने समेत बताए ।
उनले सहभागीहरूको जिज्ञासामा बोल्दै विभिन्न रङ्गका लेन्सको निरन्तर प्रयोगले आँखामा इन्फेक्सन हुने, रातो हुने, चिलाउने र पछि आँखामा गम्भीर समस्या हुने भएकाले लेन्सको निरन्तर प्रयोग नगर्नसमेत सल्लाह दिए ।
तिलगङ्गा आँखा केन्द्रले गर्दै आइरहेको कार्यबारे जानकारी दिँदै डा रुइतले केन्द्रले नेपालका ७ जिल्लामा आँखा जाँच र उपचार सेवा पु¥याएको बताए ।
केन्द्रमा रहेको ‘आँखा बैंक’मा हालसम्म ६ सय भन्दा बढी ‘क्रोनिया’ सङ्कलन भइसकेको उनले जानकारी दिए । नेपालमा मानिसको मृत्यु भएको आठ घन्टाभित्र आँखाको क्रोनिया निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
भिन्न सांस्कृतिक तथा धार्मिक संस्कार भएका व्यक्तिलाई आँखा दानका लागि पे्ररित गर्न निकै सकस भएको बताउँदै उनले यसका लागि केन्द्रले विभिन्न अस्पतालमा परामर्शदाता, घाटे वैद्य, चिकित्सकसँग सहकार्य गरेको उल्लेख गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
