२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई करमुक्त गर्नु पर्छ – प्रदिप कुमार केडिया

२०७१ कात्तिक २३, आईतवार
सहकारीलाई करमुक्त गर्नु पर्छ – प्रदिप कुमार केडिया

देहाती । शिवम् बचत तथा ऋण सहकारी संस्था लि. विरगंज १३ रानीघाटको चौथाें सधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवजी प्रसाद साह कलवारको सभापत्वि सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा उद्योगपती प्रदीप कुमार केडिया रहेका थिए ।

कार्यक्रममा बोल्दै केडियाले सहकारीलाई करमुक्त गर्नुपर्ने बताए । ‘सरकारसंग हामी आफ्नो तर्फबाट पहल गरिरहेका छौ ।’ उनले भने । कार्यक्रममा विरगंज उघोग वाणिज्य संघका उपाध्यक्ष सुधोध गुप्ता, बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पडित, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष असगर अली अंसारी, डिभिजन सहकारी कार्यालय पर्साका स.स.नि साबिर अंसारी , राष्ट्रिय सहकारी बैंक बीरगंजका प्रबन्धक युराज त्रिपाठी, सनराईज बचत तथा ऋण सहकारी संस्था लि.अध्यक्ष दिपकराज भण्डारी, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष हरेराम पटेल, भगवती बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधी रामनिवास देहाती, लगाएतका अतिथीहरुले आ–आफनो मन्तब्य राखेका थिए ।

संस्थाका अध्यक्ष कलवारले बालकल्याण गृह पर्साका १७ जना अनाथ बाल बालिकालाई जाडोको लागि ट्रयाकसुट बितरण गरेका थिए । संस्थाका उत्कृष्ट ऋणीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने त्यसैगरी संस्थाका उत्कृष्ट कर्मचारी रामप्रबेश पटेल नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाका कार्यक्षेत्र विरगंज उपमहानगरपालिका लगाएत ४३ वटा गा.बि.स रहेका छन् भने शेयर सदस्य संख्या ८४२ रहेका छन् । जसमध्ये महिला ३२८ पुरुष ५१४ रहेका छन ।

आ.ब. २०७०।२०७१को कुल शेयर चुक्ता पुजीं १ करोड २४ लाख ७९ हजार ६ सय, फिर्ता गर्न बाँकी बचत ८९ लाख ६९ हजार ३ सय र लगानी ११ करोड ५३ लाख ३० हजार ७ सय ३६ रुपैंया रहेको छ । संस्थाको आ.ब.०७०।०७१ को नाफा ७६ लाख ३८ हजार ६ सय ४८ रुपैंया रहको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय