२१ कात्तिक २०८३, शनिवार

तरकारी सङ्कलन केन्द्र स्थापनाका लागि सहकारीलाई जग्गा दान

२०७१ कात्तिक २०, बिहिबार
तरकारी सङ्कलन केन्द्र  स्थापनाका लागि सहकारीलाई जग्गा दान

गोरखा । गोरखाको छोप्राक–८ आरुबोटेका यानप्रसाद पोखरेल र सीता धितालले सहकारीलाई  जग्गा दान गरेका छन् ।
उनिहरूले स्थानीय समृद्धि सहकारीलाई एक रोपनी क्षेत्रफलमा फैलिएको जग्गा दिएको स्थानीय बासिन्दा राजेन्द्र पोखरेलले जानकारी दिए । तरकारी सङ्कलन केन्द्र भवन स्थापनाका लागि उहाँहरूले करिब रु चार लाख मूल्य पर्ने जग्गा सहकारीलाई दान गरेका हुन । गोरखाको छोप्राक–फिरफिरे सडकखण्ड र सालबोट हर्मी सडकखण्डमा पर्ने आरुबोटेमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागिएको हो ।

अभिलेख

लोकप्रिय