समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन गर्न छुट्टै आयोगको प्रस्ताव
काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाहरुको ‘सम्पत्ति व्यवस्थापन’ गर्नका लागि छुटै आयोग गर्ने प्रस्ताव गरिएको छ । संसोधनको क्रममा रहेको ‘सहकारी ऐन’ मा सहकारीबाट पीडितहरुको निक्षेप फिर्ता गराउनका लागि यस्तो प्रस्ताव गरीएको हो ।
सदस्यको निक्षेप फिर्ता गराउन नसकेका सहकारीबाट रकम फिर्ता गराउने सम्मको काम आयोगको हुनेछ । ऐनको मस्यौदालाई सहकारी तथा गरीबी निवारण मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको छ ।
हालको समस्या समाधानका लागि मात्रै सहकारी मन्त्रालय र विभाग मिलेर ऐनका केही बुदाँ थप गरि पेश गरीएको सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले बताए । ऐन पास भएर आएपनि सहकारी पिडितहरुले न्याय पाउने उनले बताए ।
यता ऐनको बृहत संशोधन सहकारी विकास बोर्डले गरीरहेको छ । ऐनको मस्यौदाको राय सुझावका लागि राष्ट्रिय सहकारी संघमा पठाएको सहकारी विकास बोर्डमा सह–अध्यक्ष शरोज शर्माले जानकारी दिए । छलफलबाट आएपछि बोर्डले पास गरी सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पेश गर्ने उनले बताए ।
देशभर १ सय ३० वटा सहकारी समस्याग्रस्त रहेको छ । सहकारी बाट पिडित हुनेमा १३ हजार नागरिक रहेका छन् । उनीहरुको झण्डै १० अर्ब रपैंया रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
