युवा लक्षित कार्यक्रम ल्याइने
इलाम । जिल्ला कृषि विकास कार्यालयले स्वरोजगार बन्न चाहने युवायुवतीका लागि युवालक्षित कार्यक्रम सुरु गर्ने भएको छ । बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले कार्यालयले सो कार्यक्रममार्फत अनुदान उपलब्ध गराउने भएको हो ।
कार्यालयले मत्स्यपालन, तरकारी तथा च्याउखेती र मौरीपालन व्यवसाय गर्न युवायुवतीलाई ४० हजारदेखि दुई लाखसम्म अनुदान उपलब्ध गराउन लागेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए ।
चारजनालाई मत्स्यपालनका लागि पोखरी निर्माणमा दुई लाखका दरले रु आठ लाख र माछाका भुरा खरिद गर्न रु ५० हजारका दरले रु दुई लाख अनुदान दिने भएको छ ।
त्यसैगरी मौरीपालन, तरकारी र च्याउखेती गर्न चाहने ६० जना युवायुवतीलाई जनही ४० हजारका दरले २४ लाख प्रदान गरिने डाँगीले बताए । यसका लागि स्वरोजगार बन्न चाहने युवायुवतीबाट धमाधम प्रस्ताव आह्वान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाका छवटा सेवा केन्द्र र जिल्लास्थित मुख्य कार्यालयबाट सूचना जारी गरी प्रस्ताव आह्वान गरेकोमा अहिले धमाधम प्रस्ताव आउन थालेको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
