अब नेपाल-भारत दैनिक तीनवटा बस सेवा
काठमाडौं । नेपाल र भारतबीच तीन वटा रुटमा दैनिक बस सेवा सञ्चालन गर्ने सहमति भएको छ । सहमती पछि अब सडक मार्गबाट नेपाल भारत सिधा जोडिने भएको हो । यसले नेपालको राजधानी र दिल्लीको राजधानीमात्रै नभएर पशुपतिनाथ र बनारसलाई समेत यातायात सेवा मार्फत जोडने भएको हो ।
सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सडक मार्गबाट नेपाल आउने क्रममा सडक यातायातको उद्घाटन गर्ने छन् । नेपालसँग औपचारिक सम्झौता सार्क शिखर सम्मेलनका क्रममा हुनेछ । सम्झौताका लागि भारतीय यातायात मन्त्री नितिन कडकारी सार्क सम्मेलन अघि नै नेपाल आउने भएको कुरा टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । सम्झौतामा काठमाण्डौ–भैरहवा–सुनौली–गोरखपुर–लखनउ–नयाँ दिल्ली, काठमाडौ– भैरहवा–सुनौली–अजामगढ–वाराणासी र पोखरा– भैरहवा–सुनौली–गोरखपुर–लखनउ–नयाँ दिल्ली गरि तीनवटा रुटमार्फत नियमित बससेवा शुरु गर्ने प्रस्ताव गरिएको छ ।
काठमाडौंमा केही दिनअघि भएको यातायात मन्त्रालयका दुवै देशका उच्च अधिकारीहरूबीच यी रुटमा बस सेवा सञ्चालन गर्ने सहमति गरेका हुन्। साथै पुरी–काठमाण्डौ–दिल्ली रुटमा भारत–नेपाल मैत्री कार र्यालीको आयोजना गर्ने प्रस्तावलाई दुवै पक्षले सहयोग गर्ने निर्णय समेत भएको छ । भारतीय पक्षले सार्वजनिक निजी साझेदारी मार्फत सडक निर्माण तथा इन्जिनियरिङ खरिद र निर्माण मोडेल बारेमा भारतको अनुभव समेत बताएको थियो । दुबै पक्षले महाकाली नदीको महेन्द्रनगर, झुलाघाट र दार्चुला गरि तीन स्थानमा मोटर गुड्ने पुलको निर्माण तथा डडेलधुरा जिल्लाको श्रीषा गाविसमा एउटा झोलुङ्गेपुल निर्माण गर्न सम्भाव्यता अध्ययन रिपोर्ट तयार गर्ने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
