‘साना किसान सम्मेलन २०७१’ सुरु, देशको आर्थिक समृद्धि सबैको साझा एजेन्डा
काठमाडौं । कृषिको व्यावसायिक विकासका लागि कृषकको मनोबल बढाउने उद्देश्यका साथ आजदेखि काठमाडौँमा ‘साना किसान सम्मेलन २०७१’ सुरु भएको छ ।
‘गरिबी न्यूनीकरणका लागि सबल संस्थाको निर्माण’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरीएको हो । सम्मेलनको उद्घाटन अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७१÷२०७२ को बजेटमा युवा कृषकलाई प्रोत्साहनस्वरूप एक किसानलाई छ प्रतिशत ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था गरेको बताए । उनले कुखुरा, बङ्गुर, मौरीपालनलगायतका लागि प्रतिकिसान ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको बताए ।
“देशको आर्थिक समृद्धि सबैको साझा एजेन्डा हो, संविधान निर्माणसँगसँगै आर्थिक गतिविधि गर्न जरुरी छ, मुलुकमा राजनीतिक झैझगडा धेरै भयो त्यसको अन्त्य गर्नुपर्छ”–अर्थमन्त्री महत भने । गरिबी निवारणमात्र नभएर मुलुकको आर्थिक समृद्धिमा साना किसानको योगदान महत्वपूर्ण भएको भन्दै उनले नेपालको भौगोलिक बनावटअनुसार फरक–फरक मौसम भएकाले कृषिको व्यापक सम्भावना रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले जमिनको उत्पादकत्व बढाउन वित्तीय साक्षरता कम गर्नुपर्ने भन्दै व्यावसायिक कृषिका लागि युवा कृषकलाई अगाडि बढाउनुपर्ने विचार राखे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले प्राकृतिक विपत्तिबाट साना किसान निकै मर्कामा पर्ने गरेको र त्यसका लागि साना किसानलाई बिमाको व्यवस्था गर्नुपर्ने बताए ।
कृषि मन्त्रालयका निमित्त सचिव उदयचन्द्र ठाकुरले कृषिमा आधुनीकिकरण र व्यवसायीकरण गर्नुपर्ने आवश्यकता भएको बताए। कृषकको क्षति न्यूनीकरणका लागि बाली र पशुपक्षीको बिमा गर्ने व्यवस्था पनि बजेटमा गरिएको जानकारी दिए ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले ४४ लाख कृषक सहकारीमा आबद्ध रहेको उल्लेख गर्दै कृषि सहकारीले मुलुकको विकास र रूपान्तरणको जग बसाल्ने काम गरेको बताए । दुईदिने सो सम्मेलनमा ५५ जिल्लाबाट ७५० कृषक प्रतिनिधि रहेका छन् भने सम्मेलनमा साना किसानले उत्पादन गरेका चिया, मह, चामललगायतका १३ वटा प्रदर्शनी कक्ष पनि राखिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
