सर्लाही जिल्लाको लागि साढे ११ करोडको भारतीय सहयोग
सर्लाही । जिल्लाको भ्रमण क्रममाभारतीय राजदूत रणजीत रायले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारतीय सहयोगमा मानपुर, भवानीपुर, महिनातपुर, धानकौल, रामनगर वर्हौवा र राजघाट गरि छ गाविसहरुमा विद्युतिकरणको उद्घाटन गरेका छन् । ट्रन्सफर्मर सहितको नयाँ प्रसारण लाईनबाट ४००० वासीन्दाहरु लाभान्वित भएका छन् । राजदूतले भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने श्री सुधा राजेश्वर उच्च माध्यमिक विद्यालयको शिलान्यास गरे ।
भारतीय सहयोगमा सीमालक्ष्मीपुर–बलारा–गदियादेखि ५ किमिकालोपत्रे सडकको पनि ः कच्चिबाट कालोपत्रेमा स्तरोन्नतीगरिने भएको छ । यसले नेपाल र भारतका सीमाबजारहरु बीचको सम्बन्धलाई जोड्ने हुदा सडकले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझबढी बढावा जनाएको छ । यि परियोजनाका अतिरिक्त, भारत सरकारको ने.रु. ७.५५ करोडको सहयोगमा छ वटा परियोजनाहरु सम्पन्न भैसकेका छन् भने ने.रु. १५.७८४ करोडको लागतमा छ वटा परियोजनाको कार्य जारी रहेकोछ । सर्लाहीजिल्लामाप्रयोग गर्ने गरि विभिन्न संस्थाहरुलाई १८ वटा एम्बुलेन्सहरु र एउटा स्कूल बस उपहार स्वरुप प्रदानगरिएको छ ।
राजदूतले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमदुई देशबीचको सम्बन्धमा कोशेढुंगा जस्तै महत्वपूर्ण रहेको कुरामाजोड दिए । कार्यक्रम अन्तर्गत कार्यान्वयन भैरहेका विभिन्न विकास परियोजनाहरुले नेपालीजनताको शान्ति र समृद्धिको यात्रामा सहयोग पुग्ने आशा व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
