२१ कात्तिक २०८३, शनिवार

मालपोत अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर

२०७१ कात्तिक १४, शुक्रबार
मालपोत अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । गैरकानुनी रुपमा जग्गा उपलब्ध गराई भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले प्रमुख मालपोत अधिकृत हरि वखती, उपसचिव पद्यमनिधि सोती, नायब सुब्बाहरु रामप्रसाद भुसाल, विमल ढकाल, कृष्णकुमार केसी, सूर्यप्रसाद कोइराला र नापी अधिकृत भरत सिंह ऐरले गैरकानुनी रुपमा जग्गा दर्ता गरेको आरोप लगाएको छ ।
उनीहरुले ललितपुर उप महानगरपालिका वडा नं ३ ङ अन्तर्गत कित्ता नं ८८२ को १३ आना तीन पैसा जग्गा वितरण गर्ने अधिकार नै नभएपनि वितरण गरी भ्रष्टाचार गरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
आयोगले उनीहरुलाई रु ६६ लाख बिगो दाबी गर्दै कैद जरिवाना र बिगोसमेत असुल उपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

अभिलेख

लोकप्रिय