२० कात्तिक २०८३, शुक्रबार

कालोपत्रे सडक निर्माणमा सम्झौता

२०७१ कात्तिक १४, शुक्रबार
कालोपत्रे सडक निर्माणमा सम्झौता

सुनसरी । जिल्लाको अमरपथ मुख्य बजार देखि धरानस्थित भारतीय भू.पू. सैनिक भवन सम्म १२८ मि. कालोपत्रे सडक निर्माण गर्न एक सम्झौता भएको छ ।

सो सडक निमार्णका लागि भारतीय राजदूतावास, काठमाडौं र धरान नगरपालिका कार्यालय, धरान, सुनसरी जिल्लाबीच सम्झौता भएको हो । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारको ने.रु. १६.४५ लाखको अनुदान सहयोगमा सम्झौता भएको हो ।

हालको ग्राभेल सडक जिर्ण अवस्थामा रहेको छ । सडक निर्माण पश्चात नेपालको पूर्वाञ्चलमा रहेका सम्पूर्ण  भू.पू. समुदाय को साथै उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारण समेत यसबाट लाभान्वित हुने छन् । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नयाँ संरचनाले सुनसरी जिल्ला धरान नगरपालिकाका जनतालाई उन्नत सडक सुविधा प्रदान गर्नेेछ ।

परियोजना सुनसरी जिल्ला, धरान नगरपालिकाद्वारा नेपाल सरकारको नीति नियम अनुसार कार्यान्वयन गरिनेछ र यी निकायहरु परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि पूर्णतया जिम्मेवार रहनेछन् । परियोजना प्रभावकारी ढंगले समयमै समापन भए÷नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नको लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरुका प्रतिनिधिहरु सम्मिलित एक अनुगमन समिति समेत गठन गरिएको छ ।
यस परियोजनाको अतिरिक्त, भारत सरकारको ने.रु. १०.३६० करोड आर्थिक सहयोगमा सुनसरी जिल्लामा सात वटा परियोजनाहरु सम्पन्न गरिसकिएकोछ भने ने.रु. ११.१२० करोड लागतमा चार वटा परियोजनाहरुको कार्य जारि रहेकोछ । साथै सुनसरी जिल्लामा रहेका विभिन्न संस्थाहरुलाई १५ वटा एम्वुलेन्सहरु तथा ४ वटा बसहरु उपहार स्वरुप प्रदान गरिएकोछ ।

अभिलेख

लोकप्रिय