२१ कात्तिक २०८३, शनिवार

कार्टरको नेतृत्वमा पोखरामा एक सयओटा घरहरु निर्माण हुने

२०७१ कात्तिक १४, शुक्रबार
कार्टरको नेतृत्वमा पोखरामा एक सयओटा घरहरु निर्माण हुने

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर र प्रथम महिला रोस्लिन कार्टरको नेतृत्वमा आगामी वर्ष पोखरामा एक सयओटा घरहरु निर्माण गरिने भएको छ । ‘ह्याबिट्याट फर ह्युम्यानिटी’ नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘३२ औं जिम्मी एन्ड रोस्लिन कार्टर वर्क प्रोजेक्ट’ सन् २०१५ को नोभेम्बर १ देखि ६ तारिखसम्म पोखरामा आयोजना हुने जानकारी दिएको छ ।
उक्त प्रोजेक्टअन्तर्गत न्यून आय भएका घरबारविहीनहरुका लागि करिब दुई हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवकहरुको उपस्थितिमा सयओटा घर निर्माण गर्ने बताइयो । ती घरहरु सरकारी पर्ती जमिनमा बाँस, माटो जस्ता स्थानीय स्रोत र साधनको उपयोग गरी बनाइने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आठ लाख रुपैयाँको लागतमा बन्ने ती घरहरुमा दुईओटा बेड रुम, एउटा लिभिङ रुम, एउटा सानो भान्सा कोठा र एउटा शौचालय हुने बताइयो ।
कार्यक्रममा सहरी विकासमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी राष्ट्रपति कार्टर र रोस्लिन कार्टरको उपस्थितिको सम्मानमा सरकार र सहरी विकास मन्त्रालयले यो कार्यक्रमलाई सफलतापूर्व सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए ।

अभिलेख

लोकप्रिय