सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि अनुदान
काठमाडौं । सहकारी विभागले सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि सहकारी संस्थाहरुलाई अनुदान दिने भएको छ ।
सहकारी संस्थाहरुको सुदृढीकरण र व्यवसायमुखी सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि वार्षिक अनुदान सहयोग गर्दै आएको विभागले चालू आर्थिक वर्षका लागि पनि अनुदान दिने गरी प्रस्ताव आह्वान गरेको हो । विभागले सूचना जारी गर्दै मुलुकभरका सहकारी संस्थाहरुलाई एक महिनासम्ममा आफ्नो संस्थाले गरेका काम र अनुदानको आवश्यकताका विषयमा स्पष्ट जानकारी गराउँदै प्रस्ताव पेस गर्न आह्वान गरेको हो । विभागले चालू आर्थिक वर्ष २०७१/०७२ का लागि सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि पुँजीगत अनुदान प्राप्त गर्न सहकारी संस्थाहरुलाई ३० दिनभित्र सम्बन्धित डिभिजन सहकारी कार्यालय र सहकारी प्रशिक्षण केन्द्रहरुमार्फत निवेदन दिन आग्रह गरेको छ ।
यस्तै, विभागले ‘सहकारी संघ/संस्थालाई उपलब्ध गराइने अनुदान तथा भन्सार महसुल छुट सुविधा सिफारिससम्बन्धी कार्यविधि २०६८’ अनुसार सूचना जारी गरेको छ । विभागले गाईभैंसी, बाख्रापालन, भेडा, बंगुर, अलैँची, उखु, माछापालनलगातय सम्बन्धित पेसा तथा उद्योगहरु विस्तारका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै सीमान्तकृत समुदाय, दलितका पेसा, सहकारी संस्थाहरुद्वारा स्थापना गरिएका बजार तथा उद्योगहरुको सुदृढीकरणका लागि अनुदान सहयोग गर्दै आएको छ । यस्तै विभागले दिएको जानकारीअनुसार योभन्दा अघि विभाग तथा सम्बन्धित निकायबाट अनुदान प्राप्त गरिसकेका संघ/संस्थाहलाई एउटै प्रयोजनका लागि अनुदान नदिने भएको छ । तर विभागले उद्योग विस्तार गरी उत्पादनमा विविधीकरण ल्याएका संघ/संस्थाहरुलाई भने अनुदान माग गर्न बन्देज नहुने जनाएको छ । सहकारी बजार, उद्योग तथा कृषि फार्म सञ्चालन गर्ने संघ÷संस्थाहरुले भने आवश्यक पर्ने जग्गाको व्यवस्था आफैं गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
