२१ कात्तिक २०८३, शनिवार

धानको उत्पादन पाँच प्रतिशतले बढ्ने

२०७१ कात्तिक १३, बिहिबार
धानको उत्पादन पाँच प्रतिशतले बढ्ने

बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा यस वर्ष झन्डै पाँच प्रतिशतले धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलका अनुसार जिल्लाको मौसम अनुकूल भएको र हाइब्रीड जातको धान प्रयोगमा कमी भएकाले धानको उत्पादन बढ्ने भएको हो । मकवानपुर ४, मालिका, खुमल ४ लगायतका उन्नत जातका धानको खेती हुने सो जिल्लामा कुल ११ हजार ३१० हेक्टर क्षेत्रफलमा ३७ हजार नौ मेट्रिकटन धान गत वर्ष उत्पादन भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको भनाइ छ । अहिले धानको बीउ प्रतिस्थापन भएकाले पनि उत्पादन बढ्छ वरिष्ठ अधिकृत पौडेलले भन्नुभयो ।
जिल्लाको फूलबारी दाप्चा, कुशादेवी, पनौती नगरपालिका क्षेत्र, महादेवस्थान, उग्रचण्डी नाला, जनागाललगायतका क्षेत्र धान उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।यता कृषकले भने केही साताअघि आएको वर्षाका कारण उत्पादन भएको धानको क्षति भएको जनाएका छन् । काटेको धान भिजेको छ, नकाटेको पनि ढलेर क्षति भएको छ उग्रचण्डी नालाका कृषक हरि श्रेष्ठले भन्नुभयो ।

अभिलेख

लोकप्रिय