२१ कात्तिक २०८३, शनिवार

मौरीपालन केन्द्रीय संघमा बस्नेत र पोखरेलको भिडन्त

२०७१ कात्तिक १३, बिहिबार
मौरीपालन केन्द्रीय संघमा बस्नेत र पोखरेलको भिडन्त

काठमाडौं । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघमा बस्नेत र पोखरेलको भिडन्त हुने भएको छ ।

संघको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन भोली (शुक्रबार) काठमाडौंमा हुदैछ । अध्यक्षका लागि बर्तमान अध्यक्ष गणेशबहादुर बस्नेतले पुन उम्मेदवारी दिने बताएका छन् । त्यस्तै वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले पनि उम्मेदवारी दिने भएपछि चुनाव हुने पक्का जस्तै भएको छ ।

आफ्नो कार्यकालमा धेरै उपलब्धीमुलक कार्य गरेको र अबको एक कार्यकाल अध्यक्ष भएर संघलाई अझ वढी शसक्त बनाउने बस्नेतले सहकारीखबरलाई बताए । त्यस्तै उपाध्यक्ष पोखरेलले आफू अध्यक्ष भएर संघलाई अहिलेको उचाई भन्दा माथी पुर्याउने बताए । सकेसम्म सहमतीको प्रयास गरीने र सहमती हुन नसकेमा चुनावी मैदानमै उत्रने पोखरेलले बताए ।

हाल संघमा २९ जिल्लाका ९८ वटा प्रारम्भिक सहकारी संस्था आवद्ध रहेका छन् । मौरीपालन सहकारीमा ५ हजार भन्दा बढी किसान प्रत्यक्ष रुपमा संलग्न रहेको संघको भनाई छ ।

संघले मह र महजन्य उत्पादनबाट कृषिको परागसेचन मार्फत उत्पादकत्वलाई बृद्धि र राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा समेत अभिवृद्ध गरेको छ ।

अभिलेख

लोकप्रिय