इन्दिरा गान्धी हत्याको तीस वर्ष,सत्तामा गान्धी वंशको अस्तित्व सङ्कट
नयाँ दिल्ली । सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उहाँकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि उहाँका छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो । भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । सोही वंशजको विरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसिन गराइएको थियो ।
तर भारतीय राजनीतिमा एक बलियो उम्मेदवार (आइरन लेडी) का रुपमा रहेकी पूर्व प्रधानमन्त्री गान्धीको हत्याको आज तीस वर्ष पुग्दा भने भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको महसुस भएको छ । सो राजनीतिक वंशजले गरिरहेको भारतीय काँग्रेस पार्टी यतिखेर सत्तामा छैन । सत्तामा नभएको मात्र होइन यतिखेर सो दल निकै कमजोर प्रतिपक्षका रुपमा उभिएको छ ।सोही राजनीतिक वंशजका एकजना कनिष्ठ सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाती र पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् तर संसद्मा झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।
गएको मे महिनामा भएको आमनिर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारुढ दल काँग्रेस विपक्षमा उभिएको छ । काँग्रेस दुई दशकलामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रुपमा पछिल्लो समयमा देखिएको छ । भारतमा काँग्रेसका बारेमा कयौँ पुस्तक लेखेका एकजना बुद्धिजीवी रसिद किदवायी भन्छन्– इन्दिरा गान्धी वास्तवमा भारतमा काँग्रेसलाई व्यापकता दिने नेत्री थिइन् तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।
जसको अभावका कारण पनि भारतमा काँग्रेसको यो गत सुरु भएको छ– उनको भनाइ छ । भारत स्वतन्त्र भएको ६७ वर्षमा भारतमा काँग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । भारतमा काँग्रेसलाई नै सधैँ सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो । इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरू भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन् । उनले सन् १९४७ देखि १९६४ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेकाछन् ।नेहरू प्रधानमन्त्रीबाट हटेको दुईवर्षपछि देखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन् । उनले पनि सन् १९६६ देखि १९७७ सम्म भारतमा प्रधानमन्त्रीका रुपमा सेवा गरेकी छिन् ।
त्यसपछि पनि उनी सन् १९८० पछि फेरि प्रधानमन्त्रीका रुपमा सत्तामा आएकी थिइन् । उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो । उनको हत्यापछि पनि उनका छोरा राजिव गान्धीलाई भारतको प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । पछि उनको पनि हत्या भएको थियो । राजिव गान्धीको हत्या सन् १९९१ मा तामिलहरूले गरेका थिए । उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो । त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छिन् । उनको नेतृत्वमा सन् २००४ र सन् २००९ मा भएको आम निर्वाचनमा काँग्रेस नै ठूलो दल बनेको थियो । सोही बमोजिम नै काँग्रेसले दश वर्षसम्म शासन गरेको हो ।एएफपी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
