२१ कात्तिक २०८३, शनिवार

विकु साकोसको ३६५ दिने बैकिंङ्ग सेवा

२०७१ कात्तिक १२, बुधबार
विकु साकोसको ३६५ दिने बैकिंङ्ग सेवा

गैडाकोट ।  नेपालकै सर्वोकृष्ट सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आज ३६५ दिन बैकिंङ्ग सेवा शुरु गरेको छ । बुधबार संस्थाको केन्द्रिय कार्यालय गैडाकोटमा एक कार्यक्रम गरि सो सेवाको सुरुवात गरेको हो । अब देखि शनिवार लगाएत सबै सार्वजनिक विदाका दिनहरुमा पनि आफ्ना सदस्यहरुलाई बैकिंङ्ग सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
केन्द्रिय कार्यालय गैडाकोट र मुकुन्दपुरमा रहेको हर्कपुर सेवाकेन्द्रबाट हाललाई यो सेवाको विस्तार गरिएको संस्थाले जनाएको छ  । संस्थाका अध्यक्ष हरिलाल सापकोटा र संस्थापक अध्यक्ष खेमराज सापकोटाले संयुक्त रुपमा सो सेवा विस्तार कार्यक्रमको उद्घाटन गर्नु भएका हो । संस्थाले नयाँ नयाँ सेवा थप तथा विस्तार गर्ने क्रममा पछिल्लो समय सन्धाकालिन काउन्टर सेवाको पनि यहि कार्तिक २ गते देखि संचालन गरिसकेको जनाएको छ ।

अभिलेख

लोकप्रिय