उद्योग स्थापना हुने क्रम बढ्दै
धनगढी । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने कैलाली जिल्लाको साविक श्रीपुर गाविस, लालपुर र हरैया क्षेत्रमा पछिल्लो केही वर्षयता धमाधम उद्योगहरु खुुल्नेक्रम बढेको छ ।
सो क्षेत्रमा केही वर्षयता मझौला तथा ठूला गरी आठवटा उद्योग सञ्चालनमा आइसकेका छन् भने अन्य केही उद्योग स्थापनाका क्रममा रहेका छन् ।
लालपुर र हरैया क्षेत्रमा उद्योगहरु स्थापना हुन थालेसँगै उक्त क्षेत्रमा जग्गाको मूल्य पनि आकासिन थालेको छ भने स्थानीयले रोजगारीसमेत पाउन थालेका छन् ।
विभिन्न मझौला तथा ठूला उद्योगहरुको स्थापनासँगै अन्य स–साना उद्योग स्थापना गर्नेतर्फ पहलसमेत सुरु भएको स्थानीय व्यवसायी राजेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
ह्यूम पाइप, कङ्क्रिट, कत्था, गुड, खरी उद्योग र राइस मिलजस्ता उद्योगहरु सो क्षेत्रमा स्थापना भइसकेका छन् ।
नजिकैको गेटा गाविस क्षेत्रलाई झन्डै एक दशकअघिदेखि औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने प्रस्ताव गरिएको भए पनि प्रस्तावित क्षेत्रमा मानव बस्ती बढ्न थालेका कारण वैकल्पिक औद्योगिक क्षेत्रका रुपमा लालपुर र हरैया क्षेत्रलाई लिन थालिएको हो । यो क्षेत्रमा मानव बस्ती पनि पातलो भएको र राजमार्ग क्षेत्रसमेत पर्ने भएकाले उद्योग स्थापनाका लागि उपयुक्त क्षेत्र रहेको उद्योगीहरुले बताएका छन् ।
पछिल्लो पटक सरकारले मालाखेती, श्रीपुर, गेटा र बेलादेवीपुर गाविसलाई समेटेर अत्तरिया नगरपालिका घोषणा गरेपछि नगरको कतिपय क्षेत्रको खेतीयोग्य जग्गा बिक्री हुने क्रम पनि बढेको बताइएको छ ।घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्षको गत तीन महिनामा मात्रै जिल्लामा १६७ वटा साना उद्योग दर्ता भएका छन् ।गत आवको यसै अवधिमा कार्यालयमा १३० वटा उद्योग दर्ता भएका थिए । हालसम्म कार्यालयमा दर्ता हुने साना उद्योगहरुको सङ्ख्या करिब तीन हजार ६८६ पुगेको निमित्त कार्यालय प्रमुख सुजन श्रेष्ठले बताउनुभयो । रु तीन करोडसम्म स्थिर पँुजी भएको उद्योगलाई साना उद्योग, रु तीन करोडदेखि रु १० करोड स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग र योभन्दा माथिको स्थिर पुँजी भएको उद्योगलाई ठूला उद्योग मानिन्छ । कार्यालयमा साना उद्योगमात्रै दर्ता हुने गरेका छन् ।
अहिलेसम्म एक वर्षसम्म नवीकरण नगराउने उद्योगलाई खारेजीको सूचीमा राख्ने गरिएकामा यस वर्षदेखि १० वर्षसम्म पनि नवीकरण नगराउने उद्योगलाई तोकिएको जरिवाना लिई पुनः नवीकरण गरी म्याद थप गर्ने नीति सरकारले लिएको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
