विदेशी लगानीलाई सुरक्षा गर्ने दायित्व सरकारको– मन्त्री बस्नेत
काठमाडौँ। मित्रराष्ट्र चीनका उद्योगी तथा व्यवसायीले नेपालमा लगानी गर्न लगानी सुरक्षित वातावरण बनाइदिन आग्रह गरेका छन् । उद्योगमन्त्री महेश बस्नेत, सहसचिव यमकुमारी खतिवडालगायतसँग आज उद्योग मन्त्रालयमा भएको छलफलमा उनीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताएका हुन् । सो अवसरमा मन्त्री बस्नेतले मुलुकमा विदेशी लगानी भित्र्याएर औद्योगिक गतिविधि फैलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक लगानी प्रवद्र्धनका लागि अहिले नयाँ विधेयक निर्माणको क्रममा रहेको, त्यसमा कृषि, पर्यटन, ऊर्जा, खनिजजन्य पदार्थलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले विदेशी लगानीकर्तालाई निर्धक्क भई लगानी गर्न आग्रह गर्दै विदेशी लगानीलाई राष्ट्रियकरण नगरिने नीति रहेको र तिनको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभयो । लि टेककिनको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलले पर्यटन तथा विद्युतीय क्षेत्रमा लगानी गर्न चाहेको जानकारी दिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
