२१ कात्तिक २०८३, शनिवार

मल बेचेर नाफा कमाउँदै सहकारी

२०७१ कात्तिक १०, सोमबार
मल बेचेर नाफा कमाउँदै सहकारी

कञ्चनपुर । महिलाद्वारा सञ्चालन गरिएको विजय एकता महिला विकास सहकारी संस्था पिपलाडी कञ्चनपुरले रसायनिक मल बेचेर आम्दानी बढाउन थालेको छ ।
सहकारीले आव ०७१/७२ को तीन महिनाको अवधिमै रु चार लाख मूल्यबराबरको रसायनिक मल बेचेर रु ४० हजार बढी नाफा आर्जन गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया र डिएपीलगायतका रसायनिक मल ल्याएर सहकारीका सदस्यहरूले सुपथ मूल्यमा स्थानीय कृषकलाई उपलब्ध गराउने व्यवस्था गरेका छन् ।कम्पनीले उपलब्ध गराएको मूल्यमा ढुवानी भाडा जोडेर कृषकलाई मल बिक्री गर्दै आएको सहकारीका व्यवस्थापक विष्नादेवी पन्तले बताए ।

अभिलेख

लोकप्रिय