सार्क सम्मेलनको निम्तो मोदीलाई
काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार निम्तोपत्र हस्तान्तरण गरेका छन् । सार्कको १८ औँ शिखर सम्मेलन आगामी मङ्सिर १०–११ मा काठमाडौँमा हुँदैछ ।
प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणापत्र लिएर भारतको राजधानी नयाँ दिल्ली पुगेका मन्त्री पाण्डेले सार्क शिखर सम्मेलनमा नेपालले गरेको तयारी तथा क्षेत्रीय सहकार्यका विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । निमन्त्रणा ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले सबै सार्क सदस्यलाई सुदृढ गरी सार्कलाई अमूल्य संस्थाका रुपमा निर्माण गर्नुपर्ने बताए ।
सो अवसरमा सार्कअन्तर्गतका छिमेकीलाई तथा क्षेत्रीय सहकार्यमा प्रधानमन्त्री मोदीले प्राथमिकता दिएकामा परराष्ट्रमन्त्री पाण्डेले प्रशंसा गर्दै भारतले मङ्गलयानको उडान गरेकामा बधाई दिए । सोही अवसरमा परराष्ट्रमन्त्री पाण्डेले आफ्ना समकक्षी सुष्मा स्वराजसँग गरेको भेटवार्तामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा भएको नेपाल–भारतको संयुक्त आयोगले गरेका निर्णय कार्यान्वयनलगायत द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल गरे । परराष्ट्रमन्त्री पाण्डेले आगामी मङ्सिरमा हुने सार्क मन्त्रिपरिषद्को ३६ औं मन्त्रिस्तरीय बैठकमा भाग लिन विदेशमन्त्री स्वराजलाई निम्तोसमेत दिए । मन्त्री पाण्डे बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल पुग्ने कार्यक्रम छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
