सहकारी एकीकरण अभियान कार्यदल गठन
नवलपरासी ३ कात्तिक । सहकारी समन्वय मञ्च गैँडाकोटले आइतबार आफ्नो नियमित घुम्ती बैठक एवम् शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
किसान साकोसको आतिथ्यतामा सम्पन्न कार्यक्रम मञ्चका उपाध्यक्ष शरदचन्द्र पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गैँडाकोट नगर क्षेत्रभित्रका २८ वटा सहकारीका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रम मार्फत गैँडाकोट नगर क्षेत्रभित्रका सहकारी एकीकरण अभियान कार्यदल गठन गरेको छ । कार्यदलमा मञ्चका अध्यक्ष माधवप्रसाद गौतम संयोजक रहेका छन् भने विकू साकोसका अध्यक्ष हरिलाल सापकोटा, किसान साकोसका अध्यक्ष गोपालप्रसाद गौतम, महालक्ष्मी साकोसका अध्यक्ष कमला अधिकारी, अमर बहुउद्देश्यीय संस्था लि.का अध्यक्ष खुशीराम ढकाल लगायत सदस्य रहेका छन् ।
सोही कार्यक्रमले उद्योग वाणिज्य संघ गैँडाकोटद्धारा कार्तिक २१ गतेदेखि ३० गतेसम्म हुने गैँडाकोट महोत्सवमा आफू र आफ्ना सदस्यहरुद्धारा उत्पादित सामग्री तथा सेवाहरुको बिक्री एवंम प्रर्दशनीको लागि आवश्यक व्यवस्था मिलाइने जानकारी समेत मञ्चका सचिव गोविन्द रिमालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
