साना किसान फत्तेपुरको अध्यक्षमा कन्हाईलाल थारु
सिमरा, २ कात्तिक । बारा जिल्ला स्थित साना किसान कृषि सहकारी संस्था फत्तेपुरको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले कन्हाईलाल थारुको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सञ्चालक समितिमा उपाध्यक्ष श्रीपतिदेवी चौधरी, सदस्यहरुमा जयकिशुन चौधरी, समुद्ध्रभक्त पन्त, ज्ञान्त्रीदेवी थरुनी, पूर्णप्रसाद गौतम, शिवप्रसाद अर्याल, मिनादेवी चौधरी, बेनवा खां चयन भए । त्यस्तै लेखा समितिमा संयोजक शान्ता पोख्रेल र सदस्यहरु सुमित्रा देवी र रिन्ता चौधरीसमेत चयन गरेको छ ।
सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्रले हासिल गरेको संगठन र वित्तिय परिचालन क्षमतालाई कृषिको व्यवसायिकरण र उत्पादनमा केन्द्रीत गर्न जरुरी रहेको बताए । पौडेलले विद्यमान निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायिक स्वरुपमा विकास र कृषिजन्य उद्योगको विकास गर्न राज्यले सहयोग पुर्याउन आग्रह गरे ।
१३ वर्षअघि स्थापना भएको साना किसान कृषि सहकारी संस्थामा हाल एक हजार पांच सय सदस्यहरुवीच आठ करोडको कारोवार गरिरहेको । संस्थाले गत वर्ष चालीस लाख मुनाफा आर्जन गरेको र शेयर सदस्यहरुलाई पन्ध्र प्रतिशत लाभांश वितरण गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
