पशुपालक किसान र सहकारीहरुलाई सहयोग गर्न तयार
सिमरा, २ कात्तिक । जिल्ला पशु सेवा कार्यालय बाराका प्रमुख डा. नारायण श्रेष्ठले उद्यमी, पशुपालक किसान र सहकारीहरुलाई सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।
दैनिक रुपमा एक लाख लीटर दुध आयात गर्नुपरिरहेको बताउदै उनले यसलाई रोक्न सम्पूर्ण कृषकहरु गम्भिर हुनुपर्ने धारणा राखे । शनिवार गढीमाई नगरपालिकाको सिमरामा रहेको प्रभातफेरी दुग्ध उत्पादक सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभाको अवसरमा उनले सो कुरा बताएका हुन् । त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले विकसित मुलुकहरुले कृषिमा पर्याप्त अनुदान र नीतिगत सहयोग गरेकै कारण ती मुलुकहरुले सफलता हासिल गरेको बताए ।
संस्थाका अध्यक्ष उद्धव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, जीतपुर सहकारी संस्थाका अध्यक्ष मुकुन्दबहादुर क्षेत्री, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष अनिता लम्साल, जनकल्याण सहकारीका उपाध्यक्ष कमला घिमिरे, औराहा पशुपालन कृषि सहकारी संस्थाका अध्यक्ष मदनबहादुर क्षेत्री र जनहित उपभोक्ता समितिका कोषाध्यक्ष रामदास धौजुलगायतको सहभागीता रहेको थियो ।
संस्थाका अध्यक्ष गौतम, कोषाध्यक्ष नलिन्द्र थापा र लेखा संयोजक हरि घिमिरेको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । दुई वर्षअघि स्थापना भएको सहकारीमा हाल एक सय सदस्यहरु छन् । संस्थाले दैनिक पांच सय लीटर दुध संकलन र विक्री वितरण गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
