भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीलाई निम्ता दिन परराष्ट्रमन्त्री नयाँदिल्लीमा
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणापत्र लिएर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीसँग शिष्टाचार भेट गरी प्रधानमन्त्री कोइरालाको निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्कको आगामी शिखर सम्मेलन मङ्सिर १० र ११ गते काठमाडौँमा हुँदै छ । भ्रमणका क्रममा मन्त्री पाण्डेले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी क्षेत्रीय सहयोग, द्विपक्षीय हित र आपसी चासोका विषयमा महत्वपूर्ण छलफल गर्ने जनाइएको छ ।
यस्तै मन्त्री पाण्डेले यही कात्तिक ४ र ५ गते अफगानिस्तानको भ्रमण गरी राष्ट्रपति असरफ घानीलार्ई पनि सम्मेलनको निमन्त्रणापत्र प्रदान गर्ने मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्री पाण्डेले अफगानिस्तानका समकक्षी जातत अहमद ओस्मानीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी परराष्ट्रमन्त्री पाण्डेले कात्तिक ६ र ७ गतेको भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेटी निमन्त्रणापत्र हस्तान्तरण गर्ने र सकमक्षी सरताज एजिजसँग भेट्ने छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
