उदयपुर र झापाका विद्यालयलाई भारतीय सहयोग
काठमाडौं । भारत सरकारले नेपालको उदयपुर जिल्ला जोगीदह गाविस स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको लागि ३ करोड ६१ लाख ५ हजार सहयोग गर्ने भएको छ ।
भारतीय राजदूतावास, काठमाडौं र उदयपुर जिल्लाविकास समिति तथा विद्यालयबीच सम्झौता भएको छ । सन् १९५९ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भई २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नती गरिएको विद्यालय नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत उदयपुर जिल्लाको जोगीदह गाविसमा रहेको छ ।
विद्यालयले उदयपुरका १५ गाविसहरुलाई समेट्द छ । विद्यालयमा आधा जसो छात्रा सहित १२०० भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दछन् । यस परियोजनाको अतिरिक्त, भारत सरकारको ने.रु. २.९९ करोड सहयोगमा उदयपुर जिल्लामा एउटा परियोजनाको कार्य चालू रहेको र ने.रु. ५.१६ करोडको लागतमा पाँच वटा परियोजनाहरु सम्पन्न भैसकेका छन । भारतले उदयपुर जिल्लामा प्रयोग गर्ने गरि ८ वटा एम्वुलेन्सहरु प्रदान गरेको छ ।
अरनिको उमाविलाई ४ करोड सहयोग
भारतीय राजदूतावास, काठमाडौं र झापा जिल्ला विकास समिति तथा झापा महेशपुर स्थित श्री अरनिको उच्च माध्यमिक विद्यालय बीच श्री अरनिको उच्च माध्यमिक विद्यालयको लागि विद्यालय भवन निर्माणार्थ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
परियोजना नेरु ४ करोड २१ लाख ४ हजारको लागतमा झापा जिल्ला विकास समितिद्वारा कार्यान्वयन गरिने जनाएको छ । भारत सरकारले नेपालको झापा जिल्ला महेशपुर स्थित श्री अरनिको उच्च माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको लागि भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत सहयोग प्रदान गर्दैछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
