२१ कात्तिक २०८३, शनिवार

सहकारीले विपन्न समुदायको आर्थिक स्थितिमा सुधार

२०७१ कात्तिक १, शनिवार
सहकारीले विपन्न समुदायको आर्थिक स्थितिमा सुधार

पाल्पा । सहकारीका माध्यमबाट गरिब तथा विपन्न समुदायको आर्थिक स्थितिमा सुधार भएको छ ।सहकारीमार्फत ऋण लिएर आयआर्जनमूलक काम गर्न थालेपछि सदस्यहरूको आर्थिक स्थितिमा सुधार भएको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनको १४आँै वार्षिक साधारणसभाका सहभागीले बताए ।
तानसेन नगरपालिका कार्यालयका योजना तथा प्रशासकीय अधिकृत विष्णु पौड्यालले निम्न आयस्रोत भएका जनताले बचतको बानी बसाई आर्थिक सुधार भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष भीमसेन कार्कीले करिब रु तीन करोड ४७ लाख ६८ हजार ५७९ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले समयानुकूल प्रविधिको प्रयोग र सेवामा विस्तार गर्दै सेवाग्राहीलाई सहज रूपमा बचत र कर्जाको कारोबार गर्ने वातावरण निर्माण गरेको बताउनुभयो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक रविन शर्मा, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाराम भण्डारी, बचतकर्ता होमनाथ तिवारीलगायतले सहकारीको ऐन र नियममा रहेरसुलभ तवरबाट धेरै सेवा लिने र दिने अवस्थाको सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए ।

अभिलेख

लोकप्रिय