२१ कात्तिक २०८३, शनिवार

एस साकोसको अध्यक्षमा सिलवाल, २० सदस्य सम्मानीत

२०७१ कात्तिक १, शनिवार
एस साकोसको अध्यक्षमा सिलवाल, २० सदस्य सम्मानीत

ललितपुर। एस बचत तथा ऋण सहकारी संस्था (साकोस)को लिमिटेड गोदावरी ललितपुरको तेस्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमेश कुमार सिल्वालको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष सरोज कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा संस्थाका शेयर सदस्यमध्ये उत्कृष्ट कारोवार गर्ने २० सदस्यलाई सम्मान गरीएको थियो । कार्यक्रमको दोस्रो सत्रमा भएको संस्थाको निर्वाचनमा अध्यक्ष रमेश कुमार सिलवाल, उपाध्यक्षमा बशिष्ठ कुमार अधिकारी, सचिबमा सुनन्द घिमिरे, कोषाध्यक्षमा देबेन्द्र कार्की र संचालक सदस्यहरुमा हरीभक्त काकीै, प्रमिला के.सी. (बस्नेत), भोलानाथ खत्री निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै लेखा संयोजकमा शालिकराम चालिसे र सदस्यहरुमा रविसुदन घिमिरे, सन्तोष विष्ट निर्वाचित भएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय