२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई करमुक्त क्षेत्र घोषणा गर्न आग्रह

२०७१ असोज ३०, बिहिबार
सहकारीलाई करमुक्त क्षेत्र घोषणा गर्न आग्रह

सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून(का सञ्चालक कृष्ण पौडेलले सहकारीलाई करमुक्त क्षेत्र घोषणा गरी उनीहरुवीच विकसित संगठन, पूंजी र सम्भावनालाई राष्ट्रनिर्माणमा परिचालन गर्न राज्यलाई आग्रह गरेको छ ।

बिहिबार बाराको जीतपुरमा आयोजित सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले उक्त कुरा बताएका हुन । सहकारीमा महिला, दलित आदिवासी जनजाति र ग्रामिण तहतप्का नागरिकहरुलाई संगठित गरेर उनीहरुवीच गरिएको बचतका आधारमा सेवामुखी व्यवसाय गर्ने भएकाले ती संस्थाहरुलाई कर लगाउनु अन्याय हुने पौडेलले बताए ।

‘विकसित मुलुकमा लगानी र अधिकारसम्पन्न बनाएर सहकारीलाई परिचालन गरेकै कारणले सफल भएको छ ।’ उनले भने । श्रीलंकालगायत मुलुकमा सरकारले सहकारीलाई करमुक्त क्षेत्र घोषणा गरेकै कारण भिषण द्वन्द्वको अवस्थामा पनि आर्थिक समृद्धि सम्भव भएकोले नेपालले पनि त्यसको अनुशरण गर्नुपर्ने धारण पौडेलले राखेका थिए ।

साधारणसभामा संस्थाका उत्कृष्ट कारोवारकर्ताहरु, उत्कृष्ट कर्मचारी, शेयर परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उद्घाटन सत्रपछि आयोजित बन्दसत्रले अध्यक्ष उपाध्याय, लेखा संयोजक पवित्रा भण्डारीको प्रतिवेदनहरु सुझावसहित पारीत गरेको छ ।

छ वर्षअघि स्थापना भएको सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले तीन सय सदस्यहरुवीच चालीस लाखको कारोवार गरिरहेको छ ।

अभिलेख

लोकप्रिय