कृषि सहकारी मार्फत जीवनस्तरमा सुधार
भरतपुर । किसानहरुले सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र सहकारी संस्थाहरुको बिचमा समन्वय भए धेरै फाइदा लिन सकिने बताएका छन् । उनीहरुले आफ्नो जीवनस्तर उकास्नमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।
आम मानिसको जीवनस्तर उठाउन सहकारीहरुले कसरी काम गरिरहेका छन् भन्ने बिषयमा सिनर्जी एफएमले गरेको जनबहस कार्यक्रममा बोल्दै कृषि सहकारीमा आबद्ध किसानहरुले सहकारीसम्बन्धी चेतनाको विकासमा सम्बन्धी सरकारी कार्यालय सकृय हुनु आवश्यक रहेको बताए । किसानहरुले आफ्नो जीवनस्तर उकास्नमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको भएपनि सम्पूर्ण सहकारी संस्थालाई आवश्यक सहयोग गर्दै व्यवस्थित बनाउने जिम्मेवारी पाएको सहकारी कार्यालयको भूमिका खासै प्रभावकारी नभएको गुनासो गरेका थिए ।
देवनगर दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रत्नमणी न्यौपानेले सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयसँग सहकारीमार्फत जनताको जीवनस्तरमा सुधारका लागि के कस्ता कार्यक्रमहरु छन् भन्ने बारे सहकारी संस्थाहरुलाई नै थाहा नहुने गरेको बताए । प्रगति बहुउद्देश्यीय महिला सहकारी संस्थामा आबद्ध सरस्वती चापागाईं महिलाहरुले सञ्चालन गरेका सहकारी संस्थाहरु आर्थिकरुपमा केहि कमजोर हुने गरेको भन्दै सहुलियत दिनुपर्ने बताइन् । गीतानगर–९ पारसनगरकी लक्ष्मी चापागाई कृषि उत्पादन बढाउन सहकारी संस्थाले केहि सहयोग गरेपनि पर्याप्त नभएको बताइन् । बीसहजारी सामाजिक उद्यमी महिला सहकारी स.स्थाकी पार्वती केसीले केहि नराम्रो गर्ने सहकारी संस्थाका कारण राम्रोगर्नेहरु बदनाम भएको भन्दै दण्ड र पुरस्कार अनि प्रोत्साहनको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा उपस्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका प्रमुख केशवबहादुर थापाले कार्यालयले सहकारी संस्थाको उचित व्यवस्थापनका लागि तालिम र परामर्ष दिने तथा निरीक्षण गर्ने काम गरेको बताए । आँफुले चितवनमा काम थालेको दुई बर्षे अबधिमा नियम बिपरित चलेका ६५ वटा सहकारी संस्था खारेज गरेको भन्दै थापाले अनुगमनका लागि छुट्टै संयन्त्र तयार गरिएको बताए । उनले सहकारी संस्थाहरु जनताको जीवनमा सुधार ल्याउनमै केन्द्रित हुनुपर्ने भन्दै सहकारीको मर्म बिपरित चलेकालाई कारबाहि गरिने बताए । कार्यक्रममा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष भगीरथ लिमल्सेनाले सहकारी संस्थाहरुको माध्यमबाट सर्वसाधारणले आफ्नो जीवनमा सुधार ल्याउँदै गएको भन्दै सरकारको थप सहयोग भए जनताले अझ बढि फाइदा लिन सक्ने उल्लेख गरे । सहकारी संस्था मार्फत सञ्चालन गरिने विभिन्न उद्योगहरुले पुनः दर्ता गर्नुपर्नेलगायतका झण्झटका कारण समस्या भएको भन्दै उनले कृषिको विकास गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सहकारीको विकासमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
