२० कात्तिक २०८३, शुक्रबार

कृषी सहकारीःकिसानका लागि वरदान

२०७१ असोज ३०, बिहिबार
कृषी सहकारीःकिसानका लागि वरदान

दाङ। किसानहरुको जिवन स्तर सुधारका लागी कृषी सहकारी संस्थाहरुले ठुलो योगदान पूर्याइरहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
कृषक दिगो कृषी सहकारी संस्थाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । उनिहरुले सामाजिक सेवा सवै भन्दा ठुलो सम्पत्ती रहेको भन्दै सामुहिक रुपमा काम गर्न सकेमा जस्तो सुकै समस्याको पनि हल गर्न सकिने धारणा रोखका छन।
संस्थाका अध्यक्ष भिमप्रकास खड्काको अध्यक्षता तथा गाविस सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्था लेखा समिति संयोजक कर्णबहादुर बुढाथोकी,उपाध्यक्ष बसन्तराज अधिकारी,सदस्य खिमबहादुर चौधरी,गाविसका सामाजिक परिचालक बिमल योगी,ऋण समितीका संयोजक बेदुराम भण्डारी,संस सचिव कृष्णप्रसाद भुसाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैविच संस्थाको हालै वसेको बैठकले संस्थाका लेखा समिति संयोजक कर्णबहादुर बुढाथोकीको आमा तिलाकुमारी बुढाथोकीको निधनमा दुख व्यक्त गरेको छ भने बन दशकका अवसरमा गाविस परिसरमा हुने बृक्षारोपन कार्यलाई सघाउने निर्णय गरेको छ।

अभिलेख

लोकप्रिय